२०८१ असोज २, बुधवार , ०९:०१:१० बजे

Sajhamanch
'

मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ

आइतवार, भदौ ३०, २०८१

विराटनगर । मोरङ र सुनसरी जिल्लाको दुई छुट्टा छुटै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ २९ गते साँझ इलाका प्रहरी कार्यालय रामधुनीबाट गस्तीमा खटिएको प्रहरीको टोलीले रामधुनी नगरपालिका-३ पिप्राहा स्थितबाट इटहरी उप-महानगरपालिका-१७ लबिपुरका २६ बर्षीय सायक राईलाई प्रतिबन्धित लागुऔषध ट्रामाड्रोल ६० क्याप्सुल, स्पास्मो ५० क्याप्सुल र स्पासपेन २१० क्याप्सुल सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका भारत जोगबनीका २४ बर्षीय बिक्की राय, १९ बर्षीय देउ राउत र विराटनगर-१ का २६ बर्षीय बिधान अधिकारीलाई २ ग्राम १ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धीत प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

आइतवार, भदौ ३०, २०८१ | अपराध, समाज

सम्बन्धित खबर