२०८१ असोज २, बुधवार , ०२:३८:४६ बजे

Sajhamanch
'

मेचीनगरमा करेन्ट लागेर कार्कीको मृत्यु

शनिवार, भदौ २९, २०८१

झापा । झापाको मेचीनगरमा कुटी काट्ने मेशिनबाट करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ ६ बजे मेचीनगर नगरपालिका १३ विरान टोल बस्ने ४८ वर्षीय लक्ष्मण कार्कीले गाई वस्तुलाई खुवाउनका लागि विद्युतबाट चल्ने मेशिनबाट कुटी काट्दा अचानक सर्ट भई उनलाई करेन्ट लागेको थियो ।

घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा साँझ ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर