२०८१ असोज २, बुधवार , ०२:३८:४४ बजे

Sajhamanch
'

झापाको शिवसताक्षीमा भाईको हत्या आरोपमा दाजु पक्राउ

शुक्रवार, भदौ २८, २०८१

बिर्तामोड । झापाको शिवसताक्षीमा भाईको हत्या आरोपमा आफ्नै दाजु पक्राउ परेका छन् ।

शिवसताक्षी–८ शितल चोकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हिजो राति करिब ९ बजे घरको पछाडिपट्टि उत्तानो परेको अवस्थामा रामप्रसादको शव भेटिएको थियो ।उनको टाउकोमा चोट देखिएको छ

दाउराले प्रहार गरी हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । घटनास्थल वरिपरि दाउरा छरिएको र रगत लतपतिएको थियो ।

उनलाई सुतेकै ठाउँमा दाउराले हानेको हुनसक्ने बताइएको छ । दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी झगडा गरेको र नारायणले भाइलाई दाउराको चिर्पटले हत्या गरेको हुनसक्ने आशंका छ ।

तीनजना दाजुभाइमध्ये मृतक रामप्रसाद माहिला हुन् । शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइसकेको छ ।

सम्बन्धित खबर