२०८१ पौष २६, शुक्रवार , ०९:२१:०५ बजे

Sajhamanch
'

६ दिनसम्म घटेको नेप्से आज ७८ अङ्कले बढ्यो, ८ अर्ब १६ करोड रुपैयाँको कारोबार

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । लगातार ६ दिनसम्म घटेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७८ दशमलव १७ अङ्कले बढेर २ हजार ६८८ दशमलव ३८ विन्दुमा पुगेको छ ।

आज म्युचुअल फण्डबाहेक सबै समूहको शेयर उकालो लागेकोमा जलविद्युत, लगानी, फाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ ।

वीन नेपाल लघुवित्त, ग्रीन भेन्चर्स, उपकार लघुवित्त, इस्टर्न हाइड्रोपावर, रावा इनर्जी र एसियन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

बजारसँगै कारोबार रकम पनि बढेको छ । आज १ करोड ९४ लाख कित्ता शेयर ८ अर्ब १६ करोड ९२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर कम्पनीको ४७ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

बिहिवार, भदौ २७, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर