२०८१ असोज ३, बिहिवार , ०४:२२:११ बजे

Sajhamanch
'

सुनसरीबाट २३५ किलो गाँजा सहितको गाडी नियन्त्रणमा

बुधवार, भदौ २६, २०८१

विराटनगर। सुनसरी जिल्लाको भोक्राहा नरसिँह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट सशस्त्र प्रहरीले २३५ केजी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ । प्रहरीले बुधवार जासहित बोलेरो गाडी नियन्त्रणमा लिएको हो ।

सोही गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा इलाकातर्फ जाँदै गरेको बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको अवस्थामा ८ बोरा गाँजा बोर्डर आउट पोस्ट (बीओपी) लौकही र सुरक्षा बेस भुटाहाको टोलीले बरामद गरेको हो ।

सशस्त्र प्रहरीले उक्त गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा नजिकैको खेतमा फसेको थियो । सोहीबेला चालक भने फरार भएका थिए ।

बरामद गाँजा र गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

यसअघि सशस्त्र प्रहरीले भाद्र २५ गते सोही जिल्लाको वराहक्षेत्र नगरपालिका–६ स्थित शिसौलीघाटबाट करिब २ सय ४५ के।जी गाँजा बरामद गरेको थियो ।

बुधवार, भदौ २६, २०८१ | अपराध, समाज

सम्बन्धित खबर