२०८१ पौष २६, शुक्रवार , ०७:१६:४४ बजे

Sajhamanch
'

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको एक लाख ५३ हजार ४०० रुपैयाँ पुग्यो

बुधवार, भदौ २६, २०८१

काठमाडौं । सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन एक हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो ।

आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख ५२ हजार ४०० रुपैयाँ रहेको थियो । यसअघि गएको भदौ २१ गते अहिलेसम्मकै उच्च तोलाको १ लाख ५३ हजार ३०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । चाँदी १५ रुपैयाँले बढेर तोलाको १ हजार ७८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

बुधवार, भदौ २६, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर