२०८१ पौष २६, शुक्रवार , १२:१४:५६ बजे

Sajhamanch
'

झापामा बिलबिजक नभएका १३ करोड बढीका सामान बरामद

बुधवार, भदौ २६, २०८१

झापा । स्थानीय प्रशासनले भन्सार छली भारतबाट भित्र्याइएका रु. १३ करोड ७३ लाख ८९ हजार ३३ बराबरका बिलबिजक नभएका सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार पछिल्लो तीन वर्षमा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो ।

गैरकानुनी ढङ्गले पैठारी गरिएका सामानका साथमा ३६ जनालाई पक्राउ गर्नुका साथै ६४ वटा विभिन्न सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

प्रहरीले आव २०७८/७९ मा रु. ४ करोड ५ लाख ६ हजार १८१, आव २०७९/८० मा रु. ३ करोड ९८ लाख ३६ हजार ३६४ र आव २०८०/८१ मा रु. ५ करोड ७० लाख ४६ हजार ४८८ को भन्सार छलीका सामान बरामद गरेको हो ।

प्रवक्ता चन्दका अनुसार प्रहरीले तीन वर्षमा रु. १ करोड ७८ लाख ९७ हजार ८४६ मूल्यका ४ हजार २८९ दशमलव ४१ क्यूबिक फिट अवैध काठ नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध काठका साथमा ३८ जना मानिस पक्राउ गर्नुका साथै ४९ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएको थियो ।

प्रहरीले आव २०७८/७९ मा १ हजार २६८ क्यूबिक फिट, आव २०७९/८० मा २ हजार ४७२ क्यूबिक फिट र आव २०८०/८१ मा ५४९ दशमलव ४१ क्यूबिक फिट काठ नियन्त्रणमा लिएको हो ।

सम्बन्धित खबर