२०८१ पौष २६, शुक्रवार , ०९:३९:४७ बजे

Sajhamanch
'

केरखास्थित सिंहदेवी मन्दिर व्यवस्थापन समितिको साधारण सभा सम्पन्न

बुधवार, भदौ २६, २०८१

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित श्री सिंहदेवी मन्दिर व्यवस्थापन समितिको १३औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न गरिएको छ ।

सिंहदेवी मन्दिर सामुदायिक भवनको सभाहलमा सम्पन्न भएको साधारणसभामा व्यवस्थापन समितिका अध्यक्ष धनराज गिरीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मन्दिरको जग्गा घेराबारा गर्ने, भौतिक संरचना निर्माण गर्ने, हाल सञ्चालमा रहेको सामुदायिक भवनलाई सुविधा सम्पन्न सभाहल बनाउने लगायतका प्रस्ताव प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा कमल गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष अग्निप्रसाद कोइरालाले स्थानीय सरकारले पछिल्लो समयमा विकास निर्माणको बहानामा सडक निर्माणलाई मात्र प्राथमिकता दिएको कारण धार्मिक पर्यटनतर्फ ध्यान नपुगेको स्वीकार गरेका थिए । मन्दिर व्यवस्थापन समितिले यसतर्फ ध्यान दिएर कार्यक्रम बनाएमा आफूले सक्दो सहयोग गर्ने उनले सुझाव दिए ।

साधारण सभामा शुभकामना मन्तब्य व्यक्त गर्ने वक्ताहरुले मन्दिर निर्माणमा स्थानीय केही व्यक्तिबाट समय समयमा विवाद सिर्जना गर्ने र मन्दिरका तर्फबाट निर्माण हुँदै गरेको काममा अवरोध गर्ने भएकोले त्यस्ता व्यक्तिलाई समाजले छुट दिनु नहुने भन्दै आक्रोस पनि पोखेका थिए । उनीहरुले सबै मिलेर मन्दिरको निर्माणमा लाग्नुपर्ने सुझावसहित आफ्ना भनाई राखेका थिए ।

साधारणसभाको सञ्चालन विवश वलिभन्द्र कोइरालाले गरेका थिए भने मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष निर्मला नेपालले उपस्थितहरुमा शाब्दिक स्वागत गरेकी थिइन् ।

सम्बन्धित खबर