२०८१ पौष २६, शुक्रवार , ०४:२४:५० बजे

Sajhamanch
'

चाड पर्वका लागि ४४ हजार मेट्रिक टन चिनी आयात गरिँदै

बुधवार, भदौ २६, २०८१

झापा । सरकारले चाडपर्वलाई लक्षित गरी चिनी आयातका लागि सहुलियत दिएको छ । चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएको छ ।

यो पटक चिनीमा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई भन्सार शुल्कमा ५० प्रतिशत छुट दिइने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

यी दुवै कम्पनीलाई भारत सरकारले दिइने चालु वर्षको कोटा बमोजिम १५ हजार मेट्रिक टन चिनी आयात गर्ने अनुमति दिइने निर्णय भएको छ ।

सरकारले निजी र सरकारी कम्पनी गरेर ४४ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी गरेको छ । उक्त चिनी चाडपर्व अगाडि ल्याइसक्ने तयारी भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बुधवार, भदौ २६, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर