झापा । झापाको मेचीनगरमा खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन् । आफ्नै छिमेकीलाई घाइते बनाउने मेचीनगर नगरपालिका १० का ३२ वर्षीय मदन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले गएराति ९ बजेतिर मादक पदार्थ सेवन गरी छिमेकीहरू २४ वर्षीय अरुण कँवर र ३८ वर्षीय जुरेन कवरमाथि खुकुरी प्रहार गरेका थिए । अरुणको टाउको र देब्रे हातमा चोट लागेको छ भने जुरेनको तल्लो ओठमा चोट लागेको छ ।
घाइतेहरूलाई उपचारका लागि मनमोहन हस्पिटल बिर्तामोडमा लगिएको र खुकुरी प्रहार गर्ने नेपालीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ ।