२०८१ असोज ३, बिहिवार , ०६:०६:३२ बजे

Sajhamanch
'

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुन सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको सरुमारानी गाउँपालिका–१ घर भएका ३१ वर्षीय समिर अहमद र खोटाङ घर भएका ३० वर्षीय देवराज खत्री छन् ।

दोहाबाट काठमाडौं आएका अहमदको साथबाट प्रहरीले ५४ ग्राम सुनको ढिक्का, औँठी र मोबाइल बरामद गरेको छ । भन्सार छलेको सुन अवैध तरिकाले सङ्कलन गरेर लैजान लागेको अवस्थामा २५ ग्राम तौल बराबरको सुनको सिक्री, मोबाइल दुईथान र ल्यापटप सहित देबराज पक्राउ परेका हुन् ।

उनीहरूबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।

मङ्गलवार, भदौ २५, २०८१ | अपराध, समाज

सम्बन्धित खबर