२०८१ असोज ३, बिहिवार , ०५:०९:३२ बजे

Sajhamanch
'

पोल्यान्ड पठाउँछु भनेर ठगेको आरोपमा एकजना पक्राउ

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । वैदेशिक रोजगारीका लागी पोल्यान्डमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका–३ घर भएकी कमला चुँडाल छिन् ।

आरोपीले आकर्षक तलब पाउने गरी अमेरिका पठाउँछु भनेर ३ लाख रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले  बताए ।

एकजना पीडितसँग रकम लिएर उनी सम्पर्कविहीन भएकी हुन् । उनलाई कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको एसपी आचार्यले बताए ।

मङ्गलवार, भदौ २५, २०८१ | अपराध, समाज

सम्बन्धित खबर