बिर्तामोड । मेची ट्रान्सपोर्ट एशोसिएशन झापाको अध्यक्षमा मोहनकुमार ढकाल सर्वसम्मत चयन भएका छन् ।
आज सोमबार बिर्तामोडमा सम्पन्न संस्थाको १६औँ वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनबाट ढकाल अध्यक्षमा सर्वसम्मत भएका हुन् । अधिवेशनले संस्थाको १५ सदस्यीय कार्य समिति सर्वसम्मत गरेको छ।
समितिको उपाध्यक्षमा पदमबहादुर तामाङ, महासचिवमा श्याम प्रसाई, सचिवमा पदम श्रेष्ठ, सहसचिवमा भुवन आचार्य, कोषाध्यक्षमा निर्मलराज खत्री र सहकोषाध्यक्षमा महेश हमाल सर्वसम्मत चयन भएका छन् ।
यस्तै समितिका सदस्यहरुमा हेमराज अधिकारी, सोमप्रसाद आचार्य, निर्मलकुमार श्रेष्ठ, प्रेमप्रसाद लम्साल, डिल्ली चोङ्बाङ, विवेककुमार गुप्ता, नविन दंगाल, रुपक थापा रहेको जनाइएको छ ।
ढुवानी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष माधवप्रसाद नेपालको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । समितिको कार्यकाल ३ वर्षको रहने सचिव पदम श्रेष्ठले जानकारी दिएका छन् ।
सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई आजै पद तथा गोपनियताको सपथ ग्रहण गराएर निर्वाचन समितिका अधिकृत रुद्रप्रसाद भुर्तेलले प्रमाणपत्र प्रदान गरेका छन् ।