
बिर्तामोड । सोमवार साप्ताहिक रुपमा बन्द हुँदै आएको बिर्तामोडको व्यवसाय आजबाट सातै दिन सुचारु हुने भएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघले चाडपर्वलाई लक्षित गर्दै आजबाट सातै दिन बजार खुल्ला रहने जनाएको हो । संघका अध्यक्ष राजु न्यौपाने र महासचिव कुशल खतिवडाले विज्ञप्ति जारी गर्दै कात्तिक १८ गतेसम्म सातै दिन बजार खुल्ला रहने जनाएका छन् ।
यस बीचमा नेपालीहरूको महान् चार्ड विजयादशमी, दीपावली, छठ लगायतका पर्व रहने र सुलभ दरमा व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई समेत अनुरोध गरिएको छ ।