२०८१ भदौ ३१, सोमवार , ०४:३५:५३ बजे

Sajhamanch
'

जन्मदिनमा ब्यवसायिक राहत कोषलाई पर्वतको १,११,१११ सहयोग

शनिवार, भदौ २२, २०८१

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्व निर्वाचित भएपछि कोषाध्यक्ष युवराज निरौलाको अवधारणबाट स्थापना गरिएको ब्यवसायिक राहत कोषमा रकम जुट्ने क्रम जारी छ ।

आज भदौ २२ गते कार्यसमितिका सदस्य युवराज कार्की ‘पर्वत’ले आफ्नो जन्म दिनको उपलक्ष्यमा कोषमा एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेर कोषलाई थप मजवुत बनाएका छन् ।

व्यवसायिक राहत कोषमा रकम हस्तान्तरण पछि कार्कीले जन्मोत्सवमा गरिने फजुल खर्चलाई नियन्त्रण गर्दै सामाजिक कार्यमा लगानी गर्न अरुलाई समेत प्रोत्साहित गरेका छन् । उनले अप्ठ्यारोमा परेका व्यवसायीलाई कोषको ब्याजबाट उपलब्ध गराइने राहतले सामाजित उत्तरदायित्वसमेत बहन हुने भएकाले अरु ब्यवसायीहरुलाई पनि कोषमा सहयोग गर्न आह्वान गरे ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ झापाका अध्यक्ष, लेखापढी कानून व्यवसायी एशोसिएशनका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेशका इन्चार्ज कार्कीलाई हालै बिर्तामोड उद्योग वाणिज्य संघले कार्यसमिति सदस्यमा मनोनयन गरेको थियो ।

आपत विपद्मा परेका व्यवसायीहरुलाई सहयोग पुर्याउने उद्देश्यसहित संघले एक करोड रुपैयाँ बरावरको व्यवसायिक राहत कोष स्थापना गरेको हो ।

कार्कीले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई सो रकम उपलब्ध गरेका हुन् । यसअघि पनि संघमा आवद्ध व्यवसायीले आफ्नो जन्मोत्सवसहित विभिन्न सन्दर्भमा संघले स्थापना गरेको कोषमा रकम उपलब्ध गराउँदै आएका छन् ।