२०८१ भदौ ३१, सोमवार , ०९:३७:०७ बजे

Sajhamanch
'

सन्दर्भ तीज : चन्द्रगढी सेवा समाजको सांस्कृतिक प्रतियोगिता

शुक्रवार, भदौ २१, २०८१

भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजले तीजको अवसर पारेर विविध प्रतियोगिता सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा विविध साँस्कृतिक गायन तथा नृत्य प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा महिलाहरूले संगिनी नृत्य तथा पुरूषहरूले बालन र खैंजडी नृत्य प्रस्तुत गरेका थिए भने आठ वटा समूह तथा व्यक्तिले गायन र नृत्यमा प्रतिष्पर्धा गरेका थिए ।

प्रतिष्पर्धामा भद्रपुर जुनियर जेसीज समूह प्रथम, गरिमा कोइराला द्वितीय र मातृ भजन समूह भद्रपुर १० तृतीय भए ।

संस्थाका वरिष्ठ उपाध्यक्ष देवीमाया अधिकारीले सञ्चालन गरेको कार्यक्रममा टोल विकास संस्थाको तर्फबाट उर्मिला सापकोटा, भद्रपुर जुनियर जेसीजका अध्यक्ष आरोग्य तिम्सेना लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा आमन्त्रित तथा सहभागीहरुलाई समाजका उपाध्यक्ष पुष्पा घिमिरेले शाब्दिक स्वागत गरेकी थिइन् ।

सम्बन्धित खबर