२०८१ भदौ ३१, सोमवार , ०४:४३:२८ बजे

Sajhamanch
'

महिला संघद्वारा भद्रपुरका एक दर्जन महिलालाई सम्मान

बुधवार, भदौ १९, २०८१

भद्रपुर । तीज पर्वको अवसर पारेर नेपाल महिला संघ भद्रपुर नगर समितिले विभिन्न क्षेत्रमा योगदान दिने संघर्षशील पहिचान बनाएका महिलाहरूलाई सम्मान गरेको छ ।

संघका भद्रपुर नगर सभापति प्रमिला कोइरालाको अध्यक्षता तथा नेपाली काँग्रेस राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा श्रमिक महिला, शिक्षक, प्राध्यापक लगायत क्षेत्रमा संघर्ष गरी पहिचान बनाएका महिलाहरूलाई सम्मान गरिएको हो ।

सम्मानित हुने महिलाहरूमा विभिन्न क्षेत्रबाट पहिचान बनाएका प्रभा घिमिरे (पूर्व प्रधानाध्यापक), कमला पोखरेल दाहाल (पूर्व प्राध्यापक), शान्ता बराल, (राष्ट्रिय वाणिज्य बैंकका पूर्व प्रमुख), रीमा पाण्डे (पूर्वनर्स), सुधा खड्का (भद्रपुर नगरपालिकाका पूर्व प्रशासकीय अधिकृत), रञ्जु शर्मा (सामाजिक अभियन्ता), लक्ष्मी घिमिरे (पूर्व स्वास्थ्य स्वयमसेविका) र शुशिला पौडेल (महिला सौन्दर्य कला व्यवसायी) हुन् ।

यसैगरी श्रम क्षेत्रमा संघर्ष गर्दै जीवनयापन गरिरहेका भद्रपुर नगरपालिकाका १० वटै वडाबाट एक–एकजना श्रमिक महिला छनौट गरी नगद तथा साडीसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा काँग्रेस नेता सिटौलाले लोकतान्त्रिक व्यवस्थामा मात्र महिला अधिकार सुनिश्चित हुने धारणा राख्दै हरेक क्षेत्रमा संघर्ष गरिरहेका नारीबाट लोकतन्त्रको संरक्षण भइरहेको बताए । उनले जुन क्षेत्रमा रहेर पनि नारीले आफ्नो अस्तित्व र पहिचान बनाउन सक्ने भन्दै संघर्षको मैदान नै जीवन जिउने आधार भएको प्रष्ट पारे ।

कार्यक्रममा नेपाली कााग्रेसका केन्द्रीय सदस्य गोमाकुमारी भट्टराई, काँग्रेस झापाका उपसभापति केशवराज पाण्डे, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, काँग्रेस झापाका पूर्व महासमिति सदस्य तारा भूर्तेल, महिला नेतृ शर्मिला अधिकारी लगायतले मन्तव्य राख्दै समाजमा विशिष्ठ योगदान दिने महिलाको सम्मानले सकारात्मक सन्देश दिने धारणा राखेका थिए ।

सम्बन्धित खबर