२०८१ भदौ ३१, सोमवार , ०४:५३:०३ बजे

Sajhamanch
'

सशस्त्र प्रहरीले बरामद गर्‍यो मेचीनगरबाट १० लाखको कपडा

बुधवार, भदौ १९, २०८१

झापा । सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी १० लाख मुल्य बराबरको कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बाहुण्डागीबाट खटिएको टोलीले मंगलबार साँझ ५ बजेको समयमा मेचीनगर नगरपालिका-२ स्थित भृकुटी चोक दक्षिण पिपल चोकबाट सो मुल्य बराबरको कपडा बरामद गरेको हो ।

भारतबाट विभिन्न ब्रान्डको लत्ताकपडा लुकाइछिपाई नेपालतर्फ ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी सुमन पोखरेलले बताए ।

बरामद गरिएको सामानमा कुर्ता र पाइजामा १३५ सेट, जेन्स भेस्ट २०० थान कुर्ताको कपडा १६ थान (३२० मिटर), ब्लाउजको सादा कपडा २० थान (४०० मिटर) र ब्लाउजको कपडा १८ थान (२१६ मिटर) रहेको उनले बताए । बरामद गरिएको सामानलाई मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने तयारी भइरहेको जनाइएको छ ।

सम्बन्धित खबर