२०८१ असोज १, मङ्गलवार , ०१:५४:२० बजे

Sajhamanch
'

एनएमसी एग्रो फार्ममा कर्मचारी आवश्यकता सम्बन्धी सूचना 

मङ्गलवार, भदौ १८, २०८१
असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
प्रथमपटक प्रकाशित मितिः २०८१।५।१८
संस्थाद्वारा सञ्चालित एनएमसी एग्रो फार्मको प्रधान कार्यालय, संस्थाको कर्पोरेट मानव संसाधन व्यवस्थापन सम्बन्धी आन्तरिक कार्यविधि २०७६ (संशोधन २०८१) र एनएमसी एग्रो फार्म व्यवसायको मानव संसाधन सम्बन्धी आन्तरिक कार्यबिधि २०७८ (संशोधन २०८१) बमोजिम निम्न पदमा खुला प्रतिस्पर्धाद्वारा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकोले देहायको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।
पदः कार्यालय सहायक चौथौ प्राविधिक 
क्र.सं. विज्ञापन नं. समूह, श्रेणी पद
 ८ (२०८१।०८२) प्राविधिक/कार्यालय सहायक कार्यालय सहायक चौथो (प्रा.)
 आधारभूत तलब स्केल  :   रु. २१,३५०।–(एकाइस हजार तीन सय पचास रुपैयाँ)
 प्राविधिक भत्ता              :   रु. ५,०००।– (पाँच हजार मात्र)
 परीक्षाको किसिम          :  लिखित र अन्तरवार्ता
 परीक्षा मिति, परीक्षा केन्द्रः : परीक्षा सम्बन्धी सूचना पछि प्रकाशन गरिने छ ।
 दरखास्त दस्तुर             :  रु. ३००।– (तीन सय मात्र )
 दरखास्त दिने अन्तिम मिति  :  मिति २०८१ असोज १ गते मंगलबारसम्म ।
 उम्मेद्वारको उमेरको हद (महिला/पुरुष)  : दरखास्त दिने अन्तिम मितिसम्म २१ वर्ष पूरा भई ३० वर्ष ननाघेको
 कार्यस्थल : एनएमसी एग्रो फार्मको प्रधान कार्यालय, मेचीनगर १४, दुहागढी
 कार्य समय : एग्रो फार्मले तोकेबमोजिम
 प्राथमिकता : आवासीय
 आवश्यक प्राविधिक योग्यता : मेसिनरी मर्मत, मेकानिकल ज्ञान भएको, प्लम्बिङ, विद्युुतीय उपकरण तथा विद्युतीय वाइरिङ सम्बन्धी ज्ञान भएको
 पदमा रही गर्नुपर्ने कामको विवरण : संस्थाले तोकेको जिम्मेवारीसँग सम्बन्धित कार्यविवरण (JD) अनुसार ।
 अन्य सेवा सुविधा : संस्थाको नियम अनुसार हुनेछ ।
 आवश्यक न्यूनतम शैक्षिक योग्यता  : एसईई वा सोसरह
 सेवाको प्रकृति  : करार
 परीक्षणकाल : सेवा अवधिको पहिलो ६ महिना (१८०) दिन हुुनेछ ।
 कार्यसम्पादन मूल्याङ्कनका आधारमा रोजगार निरन्तरता गर्ने वा नगर्ने सम्बन्धी संस्थाले निर्णय गर्नेछ ।
 आवेदकहरुले संस्थाले तोकेको दरखास्त फारम भरी न्यूनतम शैक्षिक योग्यताको प्रतिलिपि, नागरिकताको प्रतिलिपि पासर्पोट साइजको ३ प्रतिफोटो, व्यक्तिगत विवरण (Bio-Data) र हस्तलिखित निवेदन, परीक्षा दस्तुर बुझाएको जम्मा भौचर नेपाली रेकर्ड फाइलमा संलग्न राखि एनएमसी एग्रो फार्मको प्रधान कार्यालय, मेचीनगर १४, दुहागढीमा आवेदन बुझाउनु पर्नेछ ।
 तोकिएको म्यादभित्र पेस नभएको वा न्यूनतम योग्यता नपुगेको वा अन्य विवरण नखुलेको वा तोकिएको दस्तुर नबुझाएको दरखास्त स्वीकार गरिने छैन ।
 विदेशबाट शैक्षिक योग्यता हासिल गरेको भए समकक्षताको प्रमाण अनिवार्य पेस गर्नु पर्नेछ ।
 संस्थाको कर्पाेरेट मानव संसाधन व्यवस्थापन सम्बन्धी आन्तरिक कार्यविधि २०७६ (संशोधन २०८१) बमोजिम सञ्चय कोष, ग्रेड, उपदान, साधारण भत्ता, बोनस र सञ्चित बिदा लगायतका अतिरिक्त सुविधा प्रदान गरिने छ ।
 सामाजिक सुरक्षाकोषमा आवद्ध गराई कोषले प्रदान गर्ने सम्पुर्ण सेवा सुबिधा उपलब्ध गराइनेछ ।
 आवेदन शुल्क संस्थाको बचत तथा ऋण व्यवसाय अन्तरगत प्रधान कार्यालयको बचत हि.न.०९९५३००००६३ NMC SEWA AAYOG खातामा जम्मा गरी जम्मा भौचर आवेदन फायलमा अनिवार्य राख्नु पर्नेछ ।
 तोकिए बमोजिमको दरखास्त शुल्क बुझाएपछि मात्र फारम रुजु लगायत अन्य प्रक्रिया अघि बढाइनेछ ।
 उम्मेद्वारले जम्मा गरिसकेको आवेदन दस्तुर फिर्ता हुने छैन ।
 अन्तिम छनोटमा परेका उम्मेद्वारहरूले संस्थाले तोकेअनुसारको धितो धरौटीको व्यवस्था गर्नुपर्नेछ ।
 उत्तीर्ण परीक्षार्थीले नियुक्ति लिनुपूर्व स्वास्थ्य परीक्षण प्रहरी रिर्पोट, स्थायी लेखा नम्बर अनिवार्य पेस गर्नु पर्नेछ ।
थप जानकारीका लागि एनएमसी एग्रो फार्मको प्रधान कार्यालय, मेचीनगर–१४, दुहागढी 
९८५२६८९४१५/९८५२६८९४००/९८५२६८९४५३
– कर्पोरेट मानव संसाधन विभाग

सम्बन्धित खबर