
झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेको सरुवा भएको छ ।
उनको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यलय तालिम शाखा सामाखुसी काठमाडौं सरुवा भएको हो ।न्यौपानेको सरुवासंगै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा गणेश पौडेल आउने भएका छन् ।
उनी नेपाल प्रहरी शिक्षालय अन्वेसन योजना शाखाबाट झापा आउन लाागेका हुन् । नेपाल प्रहरीले एकै पटक पाँच सय ७८ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ ।