२०८१ मंसिर ९, आइतवार , ०७:१८:३६ बजे

Sajhamanch
'

दुर्गा प्रसाई र बिर्तामोडका उपप्रमुख संग्रौलाबीच चर्काचर्की

मङ्गलवार, भदौ १८, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईबीच बिहानै चर्काचर्की परेको छ ।

सामाजिक संजालमा लेखेको विषयमा उनीहरुबीच आज विहानै फोनमा चर्काचर्की परेको हो । प्रसाईले आफ्नो बारेमा फेसबुकमा किन लेखेको भनेर फोन गरी संग्रौलासंग सोधेका थिए ।

फोनमा प्रसाईले आफूलाई ‘ तँ भ्रष्टाचारी , साला डाका ,नगरपालिका आउन मन छ कि छैन ?’ भनेर धम्की दिएको उपप्रमुख संग्रौलाले बताए ।प्रसाईले अरु पनि तथानाम गाली गर्दै धम्की दिएको संग्रौलाको भनाई छ ।

यस विषयमा बुझ्दा बीएण्डसीका संचालक प्रसाईले फेसबुकमा ‘ दुर्गे भनेर किन लेखेको दुर्गा प्रसाई भनेर लेख्दा के हुन्थ्यो’ भनेर सम्झाउन खोज्दा संग्रौला आफैले मुख छाडेको प्रतिक्रिया दिए । ‘ चिनी खाने , जाँड खाने ‘….’ आदि भनेर मुख छाडेपछि आफूले पनि जवाफ फर्काएको उनको दावी छ ।

बीएण्डसी हस्पिटलका संचालक प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान संचालन गर्दै आएका छन् । त्यसका बारेमा उपप्रमुख संग्रौलाले नकारात्मक टिप्पणी गरेको बताइएको छ ।

मङ्गलवार, भदौ १८, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर