२०८१ भदौ २५, मङ्गलवार , ०१:२८:५३ बजे

Sajhamanch
'

कञ्चनजंघा बहुउद्देश्यीय सहकारीको नाफा ८४ लाखभन्दा बढी

सोमवार, भदौ १७, २०८१

शिवसताक्षी । झापाको दमकमा मुख्य कार्यालय रहेको कञ्चनजंघा बहुुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २४औं वार्षिक साधारणसभा अन्तरगत आज शिवसताक्षी ८ डुडाँमारीमा इकाईगत सभा सम्पन्न गरेको छ ।

झापा र इलामलाई कार्यक्षेत्र बनाएर ७ वटा सेवा केन्द्र विस्तार गरेको संस्थाले हालसम्म कूल चुक्ता शेयर पुँजी ६ करोड ५१ लाख ७५ हजार, कूल बचत संकलन ५३ करोड ७४ लाख ३४ हजार ९८९ रुपैयाँ पुर्याएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

गत असार मसान्तमा संस्थाले ६३ करोड १० लाख ७० हजार रुपैयाँ सदस्यहरुमाझ ऋण लगानी गरेको जनाइएको छ ।

संस्थाका अध्यक्ष मणिकुमार भण्डारीको अध्यक्षतामा आयोजित इकाइगत साधारणसभामा उनले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत  गत आर्थिक वर्ष २०८०/०८१ मा संस्थाले ८४ लाख २९ हजार ६५० रुपैयाँ खुद नाफा कमाएको बताए ।

संस्थाले हालसम्म गरको प्रगति र भावी योजनाहरुको बारेमा प्रष्ट पार्दै अध्यक्ष भण्डारीले सदस्यहरुको हात हातमा उपलब्ध वार्षिक प्रतिवेदन राम्रोसँग अध्ययन गरी जिज्ञासा एवम् सुझाव पेस गर्नसमेत सदस्यहरुलाई सुझाए ।

इकाईगत साधारणसभामा शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्त फेउदिनले सहकारी संस्थाहरुकै कारण ग्रामीण भेगका जनतामा सामाजिक र आर्थिक रुपमा विकासित हुँदै गएको बताए ।

‘सहकारी संस्थाले ग्रामीण भेगका नागरिकको जीवनस्तर माथि उकास्न मुख्य भुमिका खेलेको’ भन्दै वडाध्यक्ष फेउदिनले थपे, ‘सहकारीमा थोरै थोरै बचत गरेर मानिसको जिविकोपार्जनमा टेवा पुगेको छ ।’

साधारण सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति सदस्य नरेन्द्र दाहालले प्रस्तुत गरेका थिए ।

संस्थाले डुडाँमारी सेवा केन्द्रका उत्कृष्ट सदस्यहरुलाई दमकमा हुने माइन्युट प्रमाणिकरण सभामा सम्मान गर्ने जनाइएको छ ।

सम्बन्धित खबर