प्रथमपटक प्रकाशित मितिः २०८१/०४/३१
जिल्ला झापा कनकाई–२ बस्ने स्व. जगतबहादुर दाहाल क्षेत्री (सदस्य नं. २१५५८६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल साउन १५ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला कनकाई–२ बस्ने निजका छोरा नविन दाहालले आफ्नो बुबाकोे नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल साउन ३० गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
— एनएमसी खुदुनाबारी कार्यालय