२०८१ पौष २६, शुक्रवार , ०९:०९:४४ बजे

Sajhamanch
'

मेची आँखा अस्पतालमा भारतीय केन्द्रीय मन्त्रीको आमाको उपचार

आइतवार, भदौ १६, २०८१

बिर्तामोड । आँखा उपचारमा अब्बल रहेको झापाको मेची आँखा अस्पतालमा भारतीय विशिष्ट व्यक्तिका परिवार आउने क्रम बढेको छ ।

बिर्तामोड सैनिकमोडमा भव्य भवन र उपकरणका साथै दक्ष चिकित्सकबाट उपचार हुँदै आएको अस्पतालमा एकजना भारतीय केन्द्रीय मन्त्रीको सासूआमाले उपचार गराएको अस्पतालका अध्यक्ष जलकुमार गुरुङले बताए ।

आज आइतबार उपचारका लागि केन्द्रीय संसदीय मामिलामन्त्री किरण रिजिजुकी सासूआमा मेची आँखा अस्पतालमा आएकी हुन् ।

अध्यक्ष गुरुङका अनुसार रिजिजुकी सासूआमा जोहरम याजुर आँखाको ढकनी भित्र छिरेको समस्या लिएर अस्पताल आएकी थिइन् । ६७ वर्षीया याजुरलाई एक सातापछि शल्यक्रियाका लागि बोलाइएको गुरुङले बताए ।

अरुणाचल प्रदेशको पापुमपारे जिल्लाकी स्थायी बासिन्दा याजुरले यसअघि भारतको राजधानी नयाँ दिल्लीमा आँखा देखाएकी थिइन् । दिल्लीमा उपचार सम्भव नभएपछि उनी बिर्तामोड आएकी हुन् ।

सुरक्षा दृष्टिलाई मध्यनजर गर्दै याजुरका सुरक्षाकर्मीले चिकित्सकले जाँच गर्दै गरेको फोटो खिच्न भने इन्कार गरेका थिए ।

सम्बन्धित खबर