२०८१ मंसिर ९, आइतवार , ०४:३३:०४ बजे

Sajhamanch
'

पत्रकार गदालसहित दुई राष्ट्रसेवकलाई स्वर्गीय प्रमोद तामाङ स्मृति सम्मान र पुरस्कार हस्तान्तरण

आइतवार, भदौ १६, २०८१

भद्रपुर । दिवङ्गत राष्ट्र सेवक प्रमोद तामाङको स्मृतिमा स्थापित प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल सम्मानित भएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन झापा तथा राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरले स्थापना गरेको सो पुरस्कारबाट उत्कृष्ट राष्ट्र सेवक सम्मान भद्रपुर नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक मनोज भट्टराई र कोष तथा लेखा नियन्त्रण कार्यालय झापाका अधिकृत कृष्णप्रसाद शर्मा र पत्रकार गदाललाई सम्मान गरिएको हो ।

सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य छविलाल चुडाल, संगठन झापा अध्यक्ष केदार पोखरेल, सहकारीका अध्यक्ष वशिष्ठ अधिकारी लगायतले नगद प्रदान गरी दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गरेका थिए ।

संगठनका झापा अध्यक्ष केदार पोखरेलको अध्यक्षता तथा सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीको संचालनमा सम्पन्न कार्यक्रमको स्वागत सीता गुरागाईले गरेकी थिइन् ।

कार्यक्रममा संगठनका पूर्व सचिव तेजु रेग्मी, एमाले भद्रपुर नगर अध्यक्ष निर्माण नेपाल, सम्मानित पत्रकार मनकुमार गदाल लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर