२०८१ पौष २७, शनिवार , ०८:३३:४९ बजे

Sajhamanch
'

बुद्धशान्ति गाउँपालिका फोहोरमैला व्यवस्थापन गर्दै

शुक्रवार, भदौ १४, २०८१

झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा फोहोरमैला व्यवस्थापनका गर्न थालेको छ ।

यो कार्यका लागि इन्सिनरेटरको व्यवस्था गरेको छ भने बुद्धशान्ति–१ मा पाँच कठ्ठा जमिन २० वर्षका लागि लिजमा लिएर फोहोरमैला व्यवस्थापनमा गाउँपालिका जुटेको छ ।

राष्ट्रिय योजना आयोगबाट गत वर्ष ९० लाख रुपैयाँ विनियोजन भएर अहिलेका संरचना तयार भएको हो । यस वर्ष पनि आयोगबाट ८५ लाख रुपैयाँ विनियोजन भएको गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले जानकारी दिए ।

पालिका क्षेत्रमा जनघनत्व बढ्दै गएको अवस्थामा भावी दिनमा फोहोर मैला व्यबस्थापनमा इन्सिनरेटरसहित फोहोरमैला व्यबस्थापनका लागि यो काम गरिएको उनले बताए ।

प्रसाईंले भने, ‘अब हामी स्रोतमै फोहोरको वर्गीकरणमा लाग्छौँ । कुहिने फोहोरबाट मल उत्पादन गरेर किसानलाई उपलब्ध गराउने योजना छ । नकुहिने सिसाबिनाको फोहोर भने यही इन्सिनरेटरमा जलाउने योजना छ ।’ उक्त मेसिनमा फोहोर जलाउन इन्धन वा विद्युतको आवश्यकता पर्दैन । इन्सिनरेटरमा धातुजन्य र सिसा बाहेकका फोहोर जलाउन मिल्ने बताइएको छ ।

शुक्रवार, भदौ १४, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर