२०८१ असोज १, मङ्गलवार , ०१:२४:३८ बजे

Sajhamanch
'

नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या

शुक्रवार, भदौ १४, २०८१

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ ।

हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्मा छन् । उनी ज्यालादारी कर्मचारी हुन् ।

आज बिहान १०ः३० बजेतिर आयल निगमको एउटा कोठामा वादविवादको क्रममा उनको हत्या भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले प्रकाश यादवलाई पक्राउ गरेको छ ।

घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

शुक्रवार, भदौ १४, २०८१ | अपराध, समाज

सम्बन्धित खबर