२०८१ पौष २६, शुक्रवार , ०५:४५:४२ बजे

Sajhamanch
'

दमकमा दुई दिवसीय आयुर्वेद स्वास्थ्य शिविर, बिहीबार १२५ जनाले लिए सेवा

शुक्रवार, भदौ १४, २०८१

दमक । यहाँस्थित हिमालय महालक्ष्मी चिया बगानका मजदुरहरुलाई लक्षित गरी चिया बगानभित्रै दुई दिवसीय बृहत आर्युवेद स्वास्थ्य शिबिर शुरु भएको छ ।

प्रादेशिक आर्युवेद अस्पताल लखनपुर, लायन्स क्लव झापा दमक र सो चिया बगानको संयुक्त आयोजनामा बिहीबार स्वास्थ्य शिबिर शुरु भएको हो ।

लायन्स क्लव अफ झापा दमकका अध्यक्ष बिष्णुप्रसाद पोखरेलका अनुसार सो स्वास्थ्य शिविरमा आर्युवेद अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरसहितको टोलीले विशेषज्ञ सेवा प्रदान गरेको छ ।

निःशुल्क स्वास्थ्य शिबिरमा केही आधारभूत औषधिहरु पनि निःशुल्क वितरण गरिएको छ । गम्भिर प्रकृतिका र थप उपचार आवश्यक पर्नेहरुको लागि प्रादेशिक आर्युवेद अस्पतालमा उपचारको ब्यवस्था मिलाईएको आयोजक संस्थाका अध्यक्ष पोखरेलले जानकारी दिएका छन् ।

आर्युवेद स्वास्थ्य शिविर पहिलोपटक भएकोमा परीक्षण गर्न आएका विरामीहरुले खुसी प्रकट गरेका छन् । ३५० जना भन्दा बढी चिया मजदुरहरुले स्वास्थ्य शिविरमा आएर परीक्षण गरी लाभ लिने अपेक्षा गरिएको बगानका प्रमुख श्यामल सुब्बाले बताए । पहिलो दिन बिहीबार १२५ जना भन्दा बढीले स्वास्थ्य जाँच गराएको उनले बताए ।

आज शुक्रबार पनि शिविर सञ्चालन हुनेछ । स्वास्थ्य शिविरमा विशेष गरी पायल्स, फिस्टुला, फिसरको जाँच गरिएको थियो । डा. नुतन महतोका अनुसार अधिकाँश मजदुरहरुमा छाला सम्बन्धीका समस्याहरु र ढाँड दुख्ने, घाँटीको गर्धन दुख्ने लगायतका समस्याहरु रहेको पाइएको छ ।

आर्युवेद अस्पतालका निमित्त प्रमुख डा. ठाकुरका अनुसार लायन्स क्लव अफ झापा दमकसंग समन्वय गरेर नियमित रुपमा घुम्ती स्वास्थ्य शिवीरसहित यस प्रकारका बृहत आर्युवेद स्वास्थ्य शिबिर गर्ने योजना बनाइएको छ ।