२०८१ भदौ ३१, सोमवार , १२:०७:४६ बजे

Sajhamanch
'

नाबालिकालाई अनौतिक क्रियाकलापमा लगाउने गेष्टहाउस सञ्चालक पक्राउ

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । नाबालिकाहरुलाई अनौतिक क्रियाकलापमा लगाएको अभियोगमा प्रहरीले कोटेश्वरको कमलामाई खाजा घर एन्ड गेस्टहाउसका सञ्चालकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खाजा घर एन्ड गेस्ट हाउसका संचालक रामेछाप घर भएका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमला माई नगरपालिका–४ घर भएका ४२ वर्षीय राजुसाही रहेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । खड्गी समेतले सञ्चालन गरेको उक्त गेष्टहाउबाट प्रहरीले ५ जना बालिकाहरूको उद्धारसमेत गरेको छ ।

उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

बिहिवार, भदौ १३, २०८१ | अपराध, समाज

सम्बन्धित खबर