२०८१ पौष २६, शुक्रवार , ०७:५६:५१ बजे

Sajhamanch
'

सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको १ लाख ५३ हजार १०० रुपैयाँ पुग्यो

बुधवार, भदौ १२, २०८१

काठमाडौं । सुनको भाउले फेरि नयाँ फेरि नयाँ रेकर्ड बनाएको छ ।

हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च १ लाख ५३ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गएको भदौ ५ गते सुनको भाउ १ लाख ५३ हजार रुपैयाँ पुगेको थियो । पछिल्लो समय सुनको भाउमा उतारचढाव भइरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ । हिजोे तोलाको १ हजार ८५० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर १ हजार ८५५ रुपैयाँ भएको महासङ्घले जनाएको छ ।

बुधवार, भदौ १२, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर