बिर्तामोड । आफैँले पालनपोषण गरेको छोरीलाई करणी गरी गर्भवती बनाउने एकजना झड्केलो बुवा पक्राउ परेका छन् ।
झापाको बुद्धशान्ति गाउँपालिकाकी गर्भवती हुने १४ वर्षीया नाबालिकाको कोही पनि आफन्त नभएको प्रहरीले जनाएको छ ।
सानैदेखि पालेका ४१ वर्षका झड्केलो बुवाले नाबालिकालाई गर्भवती बनाएपछि घटना बाहिर आएको हो । घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरीले पीडित र पीडकका बारेमा खुलाएको छैन ।
बलात्कृत नाबालिकालाई सेफ हाउसमा राखिएको र घटनामा संलग्न झड्केलो बुवालाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको झापा प्रहरीले जनाएको छ ।