२०८१ माघ १२, शनिवार , ०७:४०:१२ बजे

Sajhamanch
'

झापामा सशस्त्र प्रहरीको सक्रियता, ६ महिनामा ५०९ वटा पशु चौपाया नियन्त्रण

सोमवार, भदौ १०, २०८१

झापा । झापामा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सक्रियता बढाएसँगै ५०९ वटा पशु चौपाया नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा, त्यस मातहतका गुल्म र बिओपीहरुले ६ महिनाको अवधिमा ५०२ वटा गाईगोरु र ७ वटा राँगाभैँसी नियन्त्रणमा लिएर भन्सार बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी सुमन पोखरेलले जानकारी दिए ।

सीमा नाकाबाट अवैध रुपमा भारततर्फ लगिरहेका पशु चौपायाबाट २४ लाख ४ हजार मूल्य बराबरको राजश्व संकलन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणका एसपी कवीन्द्र राईले जिम्मेवारी सम्हालेदेखि गत फागुन १ गतेदेखि भदौ ५ गतेसम्म गाईगोरुबाट २२ लाख ३५ हजार रुपैयाँ र ७ वटा राँगाभैँसीबाट १ लाख ६५ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएको डीएसपी पोखरेलले बताए ।

जिल्लाका विभिन्न नाकाबाट तस्करी मौलाएसँगै सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा चोरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी चौबिसै घण्टा तैनाथ गरिएको उनको भनाई ।

सम्बन्धित खबर