झापा । झापाको कमल गाउँपालिकाबाट प्रतिबन्धित औषधिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइबार साँझ इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको र प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा कमल गाँउपालिका–७ एकता चोकका १९ वर्षीय मिलन बस्यालको घर कोठामा तलासी लिँदा प्रतिबन्धित औषधि एन्टिकफ ट्यावलेट २२५ पत्ता (२५० पिस), ट्रामाडोल ७० पत्ता (७०० पिस) फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।