झापा । झापाको मेचीनगरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
आइतबार साँझ साढे ६ बजे मेचीनगर नगरपालिका–१० धुलाबारी चौकमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही ठाउँ बस्ने अन्दाजी वर्ष २० का सुमित सुनुवारलाई चेकजाँच गरेको थियो ।
त्यसक्रममा उनको साथबाट प्लास्टिकसहित ३ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।