२०८१ असोज ३, बिहिवार , ११:३३:५६ बजे

Sajhamanch
'

धरानबाट चोरीको २ वटा मोटरसाईकल सहित ६ जना पक्राउ

आइतवार, भदौ ९, २०८१

सुनसरी। इलाका प्रहरी कार्यालय धरान सुनसरीले चोरीको २ वटा मोटरसाईकल सहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका-१ का २३ बर्षीय दिपक कुमार यादव, राजबिराज नगरपालिका-१ का २० बर्षीय मो.सर्फराज इराकी, राजविराज नगरपालिका-२ का २४ बर्षीय लालु भन्‍ने मो।रहमान, राजविराज नगरपालिका-२ का अरविन यादव, सिराहा जिल्ला घर भई हाल बिराटनगरमा डेरा गरी बस्ने ऋतिक यादव र सुरज साह रहेका छन् ।

भाद्र ३ गते धरान उप-महानगरपालिका-१७ रेल्वे चोकबाट मोटरसाईकलको चोरी भएको जानकारी पाएपछी खोजतलाशमा खटिएको प्रहरी टोलीले चोरी भएको प्रदेश १-०२-०४४ प.५९४२ नं.को KTM DUKE र बा.१४.च. ८०२६ नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल सहित निजहरुलाई पक्राउ गरेको हो ।

चोरीको मोटरसाईकल सहित पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

आइतवार, भदौ ९, २०८१ | अपराध, समाज

सम्बन्धित खबर