भद्रपुर । स्व. उषा रेग्मीको प्रथम पुन्यतिथीको अवसरमा भद्रपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ भद्रपुरको आयोजना तथा कनकाई अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिविरमा ६० जनाले सेवा लिएका थिए ।
अपाङ्ग संघ भद्रपुरमा आयोजित शिविरमा वालरोग विशेषज्ञ डा. रविन रेग्मी, मनोचिकित्सक डा. शशांक पोखरेल र अर्थोपेडिक डाक्टर रितेश थपलिया लगायतले सेवा दिएको प्रदीपमणि रेग्मीले जानकारी दिए ।