२०८१ पौष २५, बिहिवार , १२:१३:५७ बजे

Sajhamanch
'

वैदिक साकोसको साधारणसभामा सम्मान तथा पुरस्कार प्रदान

आइतवार, भदौ ९, २०८१

भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ शनिबार सम्पन्न गरिएको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष प्रकाश निरौलाले वार्षिक प्रगति विवरण पेश गर्दै २८० जना महिला, ३१३ जना पुरूष गरी वैदिक साकोसमा ५९३ शेयर सदस्य रहेको जानकारी गराए । संस्थाको शेयर पूँजी ४८ लाख १६ हजार २०० रुपैयाँ रहेको विवरण प्रस्तुत गर्दै अध्यक्ष निरौलाले साधारणसभामा चालू वर्षका लागि नीति कार्यक्रम पेश गरेका थिए ।

संस्थाका अध्यक्ष प्रकाश निरौलाको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कोषाध्यक्ष मञ्जु खतिवडाले आर्थिक कारोबारहरुको विवरण पेश गर्दै दुई करोड ६५ लाख ५८ हजार २०८ रूपैयाँको कारोबार गरी ५ लाख ८३ हजार ४३७ रूपैयाँ सञ्चालन मुनाफा रहेको अवगत गराइन् ।

संस्थाका सचिव विदुर ढुंगानाले सञ्चालन गरेको साधारणसभा समारोहमा लेखा सुपरीवेक्षण समितिका संयोजक मुरारी न्यौपानेले समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कारोबार सहकारी ऐन, नियम तथा मापदण्ड अनुकूल सञ्चालनमा रहेको जानकारी गराएका थिए ।

वैदिक साकोसका उपाध्यक्ष डिल्लीराम अधिकारीले शाब्दिक स्वागत गरेको कार्यक्रममा संस्थामा रहेर उत्कृष्ट काम तथा कारोबार गर्ने सदस्यहरुलाई सम्मान तथा पुरस्कार हस्तान्तरण गरिएको थियो । जसअनुसार उत्कृष्ट सञ्चालक सम्मानबाट कोषाध्यक्ष मञ्जु खतिवडा अधिकारी, उत्कृष्ट बचत कारोबार सम्मानबाट गोपाल थापा मगर र असल कर्जा कारोबारी सदस्य सम्मानबाट स्मिता गुरूङ तथा ज्येष्ठ सदस्य सम्मान असारी राजवंशीलाई प्रदान गरिएको छ ।

सो कार्यक्रममा ज्ञानोदय शिक्षक सहकारीका अध्यक्ष गोकुलराज न्यौपाने, प्रकाश एकता कृषि सहकारी संस्थाका अध्यक्ष गोपालप्रसाद श्रेष्ठ, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन भद्रपुरका अध्यक्ष लावण्यकुमार पोखरेल, विभूति विद्या मन्दिर चन्द्रगढीका प्रिन्सिपल गोविन्द लम्साल लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर