२०८१ माघ १२, शनिवार , ०१:४६:४७ बजे

Sajhamanch
'

महिलाहरुको लागि सुरुङ्गामा राजनीतिक प्रशिक्षण

बिहिवार, भदौ ६, २०८१

कनकाई । नेपाल महिला संघ झापाको आयोजना तथा ४ नम्बर क्षेत्रीय समितिको संयोजनमा झापाको सुरुङ्गामा महिलाहरुका लागि एकदिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेले उद्घाटन मन्तब्यका क्रममा आफूभित्रको शक्ति चिनेर अघि बढ्न महिलाहरुलाई आह्वान गरे ।

पौराणिक कालदेखि नै नारीशक्तिको पूजा–उपासना गर्ने परम्परा रहेकोले आफूभित्रको शक्ति सदुपयोग गरेर अघि बढ्न महिलालाई पाण्डेले आह्वान गरेका हुन् ।

लोकतन्त्र प्राप्तिपछि मुलुकले थुप्रै उपलब्धी प्राप्त गरेको बताउँदै उनले लोकतन्त्रले केही दिएन भनेर निराश हुनुपर्ने अवस्था नरहेको दावी पनि गरेका छन् । आफ्नै वरिपरीको विगत र वर्तमानको अवस्था अध्ययन गरेर लोकतन्त्र प्रतिको निराशा त्याग्न उनको आग्रह छ ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै महिला संघ झापाका अध्यक्ष टिका सिटौला मैनालीले प्रशिक्षण पछि महिलाहरुमा आत्मविश्वास बढ्ने र सशक्तीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

नेपाल महिला संघ ४ नम्बर क्षेत्रीय अध्यक्ष पुष्पा प्रसाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत निर्मला बस्नेत र सञ्चालन गृषा रावल थापा र कुमारी योङहाङले संयुक्त रुपमा गरेका थिए ।

झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले शुभकामना मन्तब्य राखेको सो कार्यक्रममा महिलाहरुको नेतृत्व विकासका विषयमा विकास उप्रेती, संविधान÷कानूनमा महिला अधिकार सम्बन्धी ब्यवस्थाका विषयमा लक्ष्मी खनाल कोइराला र नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास र महिला संघका विषयमा कृष्ण हुमागाईले प्रशिक्षण दिएका थिए ।

सम्बन्धित खबर