२०८१ पौष ७, आइतवार , ०२:१४:४५ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी काँकरभिट्टा कार्यालयको १५ दिने सार्वजनिक सूचना

बिहिवार, भदौ ६, २०८१

प्रथमपटक प्रकाशित मितिः २०८१/०५/०६

जिल्ला झापा मेचीनगर–६ बस्ने स्व. मनमाया बस्नेत (सदस्य नं. १५८४) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल साउन १८ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–६ बस्ने निजका श्रीमान हरिबहादुर बस्नेतले आफ्नो श्रीमतीको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल भदौ ५ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी काँकरभिट्टा कार्यालय

सम्बन्धित खबर