२०८१ असोज ३, बिहिवार , १२:५९:१७ बजे

Sajhamanch
'

झापा र उदयपुरबाट लागुऔषधसहित चार जना पक्राउ

बिहिवार, भदौ ६, २०८१

झापा। झापा र उदयपुरबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ झापाको मेचीनगर नगरपालिका–६ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका–२ का २४ वर्षीय खुमराज भण्डारीलाई ५ ग्राम ब्राउन सुगर र दमक नगरपालिका–११ का २४ वर्षीय निलजङ बस्नेतलाई २ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

यसैगरी, प्रहरी चौकी लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स. ५ प ८०९९ नम्बरको मोटरसाइकल चालक त्रियुगा नगरपालिका– ८ का २६ वर्षीय दिनेश कटुवाल र सोही मोटरसाइकलमा पछाडि सवार २७ वर्षीय सन्देश कार्कीको साथबाट नियन्त्रित औषधि एम्पुल ३०, ट्याब्लेट ६८ र कोरेक्स १ बोतल फेला पारी नियन्त्रणमा लिइएको हो ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको छ ।

बिहिवार, भदौ ६, २०८१ | अपराध, समाज

सम्बन्धित खबर