२०८१ असोज ४, शुक्रवार , ०५:३४:०२ बजे

Sajhamanch
'

मेची पुलबाट ब्राउन सुगरसहित बस्नेत र भण्डारी पक्राउ

बिहिवार, भदौ ६, २०८१

बिर्तामोड । झापा प्रहरीले भारतबाट लागुऔषध भित्र्याउन खोज्ने दुईजनालाई मेची पुलमा पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक-११ बस्ने २४ वर्षीय निलजंग बस्नेत र उर्लाबारी-२ बस्ने २४ वर्षकै खुमराज भण्डारी रहेका छन् ।

हिजो साँझ ६ बजे मेचीनगर-६ स्थित पुरानो मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

भारतबाट सिटीसफारीमा नेपालतर्फ आउँदै गरेका बस्नेतलाई शंका लागेर जाँच गर्दा उनको साथबाट प्लास्टिकसहित ३ ग्राम २३० मिलिग्राम ब्राउनसुगर भेटिएको छ ।

त्यस्तै, हिजो साँझ सवा ६ बजे सोही मेची पुलमै प्लास्टिकसहित ५ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित भण्डारी पक्राउ परेका छन् ।

मुखभित्र लुकाएर ब्राउन सुगर ल्याउँदै गर्दा उनी पक्राउ परेका हुन् । दुवैलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर