२०८१ माघ ३, बिहिवार , ०२:३०:५२ बजे

Sajhamanch
'

माल्दिभ्समा पहिलोपटक नेपाली फिल्म, ‘छक्कापञ्जा ५’ कात्तिक १ मा

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । दक्षिण एसियाली टापु मुलुक माल्दिभ्समा नेपाली फिल्मको नियमित प्रदर्शन हुने भएको छ । नेप-फिल्म्सले पहिलोपटक प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’ लाई त्यहाँ रिलिज गर्न लागेको हो ।कात्तिक १ गते (अक्टोबर १७)मा दीपकराज गिरी र वर्षा सिवाकोटी स्टारर फिल्म प्रदर्शन हुन लागेको वितरक रमेश ढकालले जानकारी दिए । माल्दिभ्समा अबदेखि नियमित नेपाली फिल्म रिलिज गर्ने उनको तयारी छ ।माल्दिभ्सका दुईवटा हलमा फिल्म रिलिजबारे नेप-फिल्म्स र स्थानीय स्वाक सिनेमाबीच सहमति जुटेको छ । जसअनुसार माल्दिभ्सको राजधानी माले र हलह्युमेल टापु सहरस्थित हलमा पनि फिल्म रिलिज हुन लागेको ढकालले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार माल्दिभ्समा ५ हजारभन्दा बढी नेपाली कार्यरत छन् । ‘नेपाली फिल्मको नयाँ बजार खोजी गर्ने क्रमअनुसार माल्दिभ्समा नेपाली फिल्म अबदेखि नियमित रिलिजको टुंगो लागेको छ,’ ढकालले  भने, ‘नयाँ बजारको खोजी गर्ने क्रम जारी रहन्छ ।’नेप–फिल्म्सले ‘छक्कापञ्जा ५’लाई मध्यपूर्व र मलेसियामा समेत रिलिज गर्दैछ । दीपाश्री निरौला निर्देशित फिल्म नेपाल र अमेरिकामा भने दशैंको फूलपाती अर्थात् असोज २४ गते प्रदर्शन तयारीमा छ ।

सम्बन्धित खबर