२०८१ असोज ३, बिहिवार , ०२:४७:२४ बजे

Sajhamanch
'

हल्दिबारीमा गाई काटेर गाडेको अवस्थामा भेटियो

बुधवार, भदौ ५, २०८१

बिर्तामोड । झापाको हल्दिबारी-३ भुसुडी खोलाको डिलमा गाई काटेर गाडेको अवस्थामा भेटिएको छ ।

गाई काटेर केही भाग गाडेको अवस्थामा हिजो साँझ मृत गाईको अवशेष भेटिएको हो । गाईलाई त्यहीँ काटेकोले दाम्लो र किलोसहित रगत पनि देखिएको छ ।

गाई काटेर एकातिर हड्डी र अर्कोतिर टाउको र पुच्छर गाडेको भेटिएको हल्दिबारी-३ का वडा सदस्य अजित विष्टले जानकारी दिए ।

प्रहरीसहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जनाइएको छ । घटनास्थलमा गएर हेर्दा केही दिनअघि नै गाईलाई गाडेको हुनाले सडेर गन्हाउने अवस्थामा पुगेको जलथल प्रहरी चौकीका इन्चार्ज असई ओमप्रसाद पौडेलले बताए ।

सम्बन्धित खबर