झापा । बुलेट बाइक कुदाउनु आफैमा महिलाका लागि सहज काम होइन । तर यो मानसिकतालाई चिर्नुका साथै छोरी बुहारीले पनि समाजमा केही गर्न सक्षम छन भन्ने सन्देश दिन झापा बुद्धशान्ति गाउँपालिका-३ कि ५५ वर्षीया सुशीला उप्रेती तिवारीले मेची-महाकाली बुलेट यात्रा गर्ने भएकी छन् ।
विश्व शान्तिको कामनासहित महिलाहरू सक्षम छन् भन्ने सन्देश दिन भदौ ५ गतेदेखि तिवारी बुलेट बाइक यात्रामा निस्कन लागेको पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । भदौ १५ गते यात्रा समापन हुने बताइएको छ ।
तिवारीको यात्रा बुद्धशान्ति गाउँपालिका ३ स्थित राम जानकी मन्दिरबाट नौमती बाजा सहित सुरु भई जगतगुरु जन्मस्थल हुँदै पूर्वी नाका काँकडभिट्टाबाट बिहान १० बजे सुरु हुने उनका नाति मनिस मैनालीले (राइडर मनिस) ले जानकारी दिए । यात्रामा तिवारीलाई मैनालीले पनि साथ दिने भएका छन ।