२०८१ असोज ३, बिहिवार , ०५:४६:४० बजे

Sajhamanch
'

काँकरभिट्टाबाट अवैध सुपारी बरामद

मङ्गलवार, भदौ ४, २०८१

बिर्तामोड । नेपालबाट भारततर्फ निकासी गर्दै गरेको अवस्थामा प्रहरीले सुपारी बरामद गरेको छ । सोमबार साँझ ७ः३० बजे मेचीनगरबाट प्रहरीले अवैध सुपारी बरामद गरेको हो ।

मेचीनगर-६ पिङकी ठ्याक भन्ने ठाउँबाट प्रहरीले ३०० किजी सुपारी अवैध रुपमा भारत निकासी गर्न लागेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सुपारी अन्दाजी २ लाख ७० हजार मूल्यको रहेको प्रहरीको भनाइ छ । बरामद भएको सुपारी मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर