झापा । झापाको बुद्धशान्ति गाउँपालिका-४ स्थित मङ्गलबारेमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । स्थानीय क्षेत्रको शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउन मङ्गलबारेमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको हो । जसको आइतबार एक कार्यक्रमका बिच प्रतिनिधि सभाका सदस्य विश्वप्रकाश शर्माले उद्घाटन गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी कवीन्द्र राईसहित सुरक्षा निकायका प्रमुख एवं स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सो प्रहरी पोस्टमा प्रहरी सहायक निरीक्षकको कमान्डमा ४ जना प्रहरी रहने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।