२०८१ माघ १९, शनिवार , ०८:११:५८ बजे

Sajhamanch
'

मेची प्रादेशिक अस्पतालको नयाँ भवन आयो सञ्चालनमा, आजदेखि ओपिडी सेवा सुरु

आइतवार, भदौ २, २०८१

झापा । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले नयाँ भवनबाट बहिरंग (ओपीडी) सेवा शुरु गरेको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामबाबु खड्काले आज वैदिक विधिबाट पूजाआजा गरी नयाँ भवनबाट ओपीडी सेवा शुरु गरेका हुन ।

अस्पतालमा ओपीडीमा सेवा लिन आउने सेवाग्राहीको चाप अधित्याक हुने गरेको पहिलो चरणबाट नयाँ भवनबाट उक्त सेवा सुरुवात गरिएको निमित्त मेडिकल सुपरिटेन्डेट खड्काले बताए।

“भवन निर्माण भएर मात्र हुँदै अन्य स्वास्थ्य सामग्री र उपकरण पनि चाहिन्छ”, उनले भने, “त्यसैले ओपीडी सेवामात्र शुरु गरेका हौं ।” उनले केही सामग्री खरीद गरिए पनि त्यो अपर्याप्त भएको बताए। पर्याप्त बजेट व्यवस्थापन गर्न सकिए नयाँ भवनबाट पूर्णरुपमा सेवा प्रवाह गर्न सकिने उनको भनाइ छ ।

नवनिर्मित अस्पताल भवनको तला थपका लागि सरकारले रू. २ करोड बजेट उपलब्ध गराइसकेको छ । भवनको ठेक्का प्रक्रिया शुरु भई काम अघि बढाइने खड्काले बताए।

सम्बन्धित खबर