मेचीनगर । झापाको मेचीनगरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ।
शनिबार राति इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले १ लाख ६३ हजार बराबरको अवैध सामान बरामद गरेको हो।
प्रहरीले मेचीनगर नगरपालिका वडा नं. ६ गैरीगाँउ स्थित हुँदै नेपालबाट भारततर्फ अबैध रुपमा भन्सार छली लुकाई छिपाई लैजादैं गरेको १५० केजी लसुन र मेचीनगर-६ स्थित बसपार्क हुदैं भारतदेखी नेपालतर्फ ल्याउदै गरेको ७८१ प्याकेट पापर र झुल १०८ पिस गरी करीब १ लाख ६३ हजार ३१० रुपैयाँ बरावरको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जनाइएको छ।