२०८१ मंसिर १५, शनिवार , ०९:१७:४९ बजे

Sajhamanch
'

सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको १ लाख ५२ हजार ६०० रुपैयाँ पुग्यो

आइतवार, भदौ २, २०८१

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन आज एकैदिन तोलामा ३ हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च १ लाख ५२ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार सुनको भाउ तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ रहेको थियो ।

यसअघि साउनको २९ गते अहिलेसम्मकै उच्च भाउ १ लाख ५० हजार ८०० रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेको छ ।

चाँदी आज तोलाको १ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको १ हजार ७६० रुपैयाँ रहेको थियो ।