२०८१ पौष ७, आइतवार , ११:०१:०४ बजे

Sajhamanch
'

एनएमसी चारआली कार्यालयको हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

शनिवार, भदौ १, २०८१

प्रथमपटक प्रकाशित मितिः २०८१/०४/३०

जिल्ला झापा भद्रपुर–९ बस्ने स्व. हेमकुमारी कार्की (सदस्य नं. ११०३३०) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल असार २९ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर–९ बस्ने निजका श्रीमान लिलाध्वज कार्कीले आफ्नो श्रीमतीको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल साउन १७ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

—   एनएमसी चारआली कार्यालय

सम्बन्धित खबर